दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक : भारद्वाज मित्र

कपन अनलाइन

काठमाडौं, साउन३।

फूल  मानेर आत्मसात गरेको
सूल रहेछ झञ्जावात झरेको
मान्छे ठानेर माया लाएँ
बदलामा कुमान्छेको घातमा परेको

मलाई एक मुट्ठी आकाश देऊ
मलाई एक चिम्टी समय देऊ
बदलामा मैले दिनसक्ने
मेरो सर्वस्व रोजेर लेऊ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।