बुढानीलकण्ठ नगरपालिकामा असार ४ गतेसम्म राजस्व संकलन कार्य बन्द हुने

बुढानीलकण्ठ नगरपालिकामा असार ४ गतेसम्म राजस्व संकलन कार्य बन्द हुने

कपन अनलाइन

काठमाडौं, असार ३२।

बुढानीलकण्ठ नगरपालिकाले राजस्व संकलन कार्य आगामी साउन  ४ गते (२०७९/०४/०४) सम्मका लागि बन्द रहने जनाएको छ। नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८/०७९ को राजस्व संकलन कार्य समाप्त गरी नयाँ आर्थिक वर्ष २०७९/०८० को सुरुआतका लागि SuTRA Revenue Module मा नयाँ डाटा प्रविष्टि (Data Migration) कार्य गरिनु पर्ने भएकाले असार ४ गतेसम्म सम्पूर्ण राजस्व संकलन सेवा स्थगित गरिएको हो।

महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार राजस्व विवरण अभिलेखीकरण तथा नयाँ आर्थिक वर्षको सुरुआतका लागि आवश्यक प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले नगरपालिकाले यसबारे सूचना सार्वजनिक गर्दै सेवाग्राहीलाई असुविधा नपरोस् भन्ने उद्देश्यले समयमै जानकारी दिएको जनाएको छ।

नगरका  प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ कि सो अवधिभर नगरपालिकाको मुख्य कार्यालय तथा अन्य शाखाहरूबाट प्रदान गरिँदै आएको राजस्व संकलन सेवा पूर्ण रूपमा बन्द रहनेछ।

 

तपाइँको प्रतिक्रिया ।