मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी रंगेहात समातिए

मालपोत कार्यालय भक्तपुरका प्रमुख र कार्यालय सहयोगी रंगेहात समातिए

कपन अनलाइन

काठमाडौं, असार ३१  ।

भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य घुससहित रंगेहात समातिएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी टिकाराम राउतलाई २४ लाख ५० हजार नगदसहित आज नियन्त्रणमा लिएको हो ।

उदयपुर घर भई हाल काठमाडौँको कागेश्वरीमा बस्दै आएका आचार्य र भक्तपुरको चाँगुनारायण घर भई हाल मध्यपुर ठिमी बस्ने राउतलाई आज दिउँसो व्यासीस्थित मालपोत कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरुको साथबाट तीन वटा मोबाइलसमेत बरामद गरेको जानकारी गराइएको छ ।

चाँगुनारायणमा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लागतकट्टा गरी मोहीको नाममा पूर्जा बनाइदिने भन्दै उनीहरुले घुस मागेको खुलेको छ ।

तपाइँको प्रतिक्रिया ।