सुरभिमा भानु जयन्ती मनाइयो
कपन अनलाइन
काठमाण्डौ ,असार २७।
सुरभि साहत्यि प्रतिष्ठानले विशेष कविगोष्ठी गरी २१२ औँ भानुजयन्ती मनाएको छ । प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको समापतित्वमा भएको यो कार्यक्रमको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ को वडाध्यक्ष नन्दलाल श्रेष्ठ रहेका थिए भने विशिष्ट अतिथिमा सुरभिका संरक्षक अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि र अन्य अतिथिहरूमा सल्लाहकार अच्युत चालिसे, भवानी स्मृति प्रतिष्ठानका अध्यक्ष वासुदेव पौडेल रहेका थिए ।
बिहान ८ बजेबाट सञ्चालन भएको यो कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण र पुष्पार्पण गरिएको थियो । प्रमुख अतिथि नन्दलाल श्रेष्ठले मन्तव्यमा सुरभि साहित्य प्रतिष्ठानले यस क्षेत्रको मात्रै नभएर गोकर्णेश्वर नगरपलिकालाई नै विश्वमा चिनाएको कुरा गर्नुहुँदै यस्ता विशेष कार्यक्रमहरू आयोजना गर्नुपर्ने कुरा बताए।
विशिष्ट अतिथि गोविन्द घिमिरे वेदमणिले आदिकवि भानुभक्तको २१२ औँ जयन्ती मानाएर र विशेष कवितागोष्ठी कार्यक्रम गरेर सुरभिले नयाँ कार्यको थालनी गरेकोमा खुसी लागेको बताए । भानुभक्तलाई नेपालमा मात्र होइन नेपालबाहिर पनि उत्तिकै श्रद्धा र सम्मान गरिने कुरा बताउँदै पूर्वमा भारतको आसामदेखि पश्चिममा कुमाउ–गढवालसम्म भानुलाई आदिकविका रुपमा विशेष मान्यता दिइने गरिएको कुधारणा राखेका थिए ।
यस विशेष कविगोष्ठीमा गोविन्द घिमिरे वेदमणि, बाजुराम पौडेल, परशुराम पराशर, शारदा पराजुली, गोपाल बराल, मेनका पोखरेल आचार्य, वासुदेव पौडेल, ठाकुरप्रसाद खतिवडा, विमल अर्याल, घनश्याम प्रसाईँ, विजया बस्नेत, वसन्त रिजाल, चेवन बस्नेत ठुलाघरे, प्रतीक धिमाल, कृष्णप्रसाद पौडेल जस्ताघरे, शर्मिला तिमिल्सिना, गीता बराल, उत्तम विचार, आलोक चालिसेले भानुसम्बन्धी कविता वाचन गरेका थिए। प्रतिष्ठानकी सहसचिव मेनका पोरखेल आचार्यले सञ्चालन गरेको यो कार्यक्रममा ३१ जनाको उपस्थिति थियो ।
