बुढानिलकण्ठ -४ बाट ठुलो परिमाणमा गाँजा सहित एक जना पक्राउ

बुढानिलकण्ठ -४ बाट ठुलो परिमाणमा गाँजा सहित एक जना पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,असार २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ बाट ठुलो परिमाणमा गाँजा सहित एक महिला  पक्राउ परेकी छन।

असार २६ गते दिउँसो १२:२० बजेको समयमा जिल्ला काठमाण्डौं बुढानिलकण्ठ नगरपालिका वडा नं४ भसन्थली स्थित लागु औषध गाँजा बिक्रि बितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा बुढानिलकण्ठ प्रहरी  कार्यालय प्रमुख प्र.नि नारायण सिंह बिष्टको कमाण्डमा खटिगएको प्रहरी टोलीले बर्ष ४६ की सन्जु तामाङलाई पक्राउ गरेको हो।

निजको एक तले पक्की घरको कोठाहरु खानतलासी गर्दा  भुई तलाको दक्षिण पश्चिम तर्फको कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा Hope Complete feed लेखेको पहेलो रंगको प्लाष्टिकको बोरा भित्र सेतो कागजको पानामा बेरिएको १५० रोल र अगम कनिका लेखेको सेतोमा हरियो रंगको बोरा भित्र गाँजाको धुलो जस्तो देखिने पदार्थ गरी जम्मा ७ के.जि.८०० सय ग्राम बरामद गरी आवश्यक कारवाहीको लागि उनलाई  तालुक कार्यालयमा पठाईएको बुढानिलकण्ठ प्रहरीले जानकारी दिएको छ  ।

तपाइँको प्रतिक्रिया ।