निजि तथा आवासीय विध्यालय संगठन काठमाडौंको गुरु पुर्णिामा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

निजि तथा आवासीय विध्यालय संगठन काठमाडौंको  गुरु पुर्णिामा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २६।

निजि तथा आवासीय विध्यालय संगठन काठमाडौं (PABSOK) को आयोजनामा गुरु पुर्णिामा तथा शिक्षक सम्मान कार्यक्रम -२०८२ सम्पन्न भएको छ।

प्याब्सकका अध्यक्ष राजन श्रेष्ठको अध्यक्षता तथा अस्ट्रेलियाका लागि पुर्व नेपाली राजदुत महेश राज दाहालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विभिन्न विषयमा उत्कृष्ट अध्यापन गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरिएको थियो।

चाबहिलमा रहेको स्मार्ट प्यालेसमा भएको उक्त कार्यक्रममा प्याब्सकका ,सल्लाहकार विष्णु पराजुली , प्रमुख सल्लाहकार गेन्द्र लामा, लायन लिडर अनन्त भेटवाल, एन्फाका उप महासचिव दामोदर भट्टराई( बद्री ) , टेक्सास इन्टरनेसनल कलेजका कार्यकारी अध्यक्ष भेषराज पोखरेल, लिड्सका अध्यक्ष विष्णुचन्द्र अधिकारी  सहित विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक /शिक्षिकाहरुको उपस्थिति रहेको थियो।

प्याब्सकका महासचिव सुदिप काफ्लेले संचालन गरेको सो कार्यक्रममा विभिन्न विध्यालयका विध्यार्थीहरुको साङितिक प्रस्तुति समेत रहेको थियो।

तपाइँको प्रतिक्रिया ।