कपन ह्याण्डबलमा हरेक शनिबार Grassroot Football तालिम संचालन हुने

कपन ह्याण्डबलमा हरेक शनिबार Grassroot Football तालिम संचालन हुने

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई ध्यानमा राख्दै Grassroot Football तालिम सञ्चालन गर्ने भएको छ। Football Development Program अन्तर्गतको यो कार्यक्रम २०८२ असार २८ गते शनिबारदेखि सुरु हुने छ।

वडा कार्यालयका अनुसार ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित तालिम हरेक शनिबार बिहान ६ देखि ९ बजेसम्मसञ्चालन हुनेछ। तालिम कपन ह्यान्डबल बहुउद्देश्यीय खेल मैदान तोकिएको छ।

यस अवसरमा वडा नं. १० का वडा कार्यालयले इच्छुक बालबालिकाहरुलाई वडा कार्यालयमा आएर नाम दर्ता गराउन आग्रह गरेको छ।

वडा कार्यालयका तर्फबाट सूचना जारी गर्दै नगर प्रवक्ता नवराज भट्टराईले बालबालिकाको प्रतिभा पहिचान गर्दै तिनीहरूलाई फुटबलजस्ता खेलकुद गतिविधिमा सक्रिय गराउने उद्देश्यका साथ Grassroot Football Program मार्फत प्रारम्भिक तहमै फुटबलप्रतिको रुचि विकास गराई भविष्यका खेलाडी उत्पादन गर्ने अभियानको सुरु भएको बताएका छन ।

नगरपालिका तथा वडा कार्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र फराकिलो बनाउँदै लैजाने योजना रहेको जानकारी दिएको  छ।

तपाइँको प्रतिक्रिया ।