बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा (माओवादी केन्द्र) को घरदैलो

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा नेकपा (माओवादी केन्द्र) को घरदैलो

कपन अनलाइन

काठमाडौं,असार २१ ।

नेकपा (माओवादी केन्द्र) बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा वडा नं ११ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम आयोजना गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) को नेवा: तामाङ उपत्यका जागरण अभियान अन्तर्गत असार २१ गते सनिवार वडा नं ११ का विभिन्न स्थानमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ताहरुले घरदैलो गर्दै स्थानीयहरु संग अन्तरक्रिया गरेका थिए।

उक्त घरदैलोमा बागमती प्रदेश समन्वय कार्यालय सदस्यद्वय एवम पुर्वमन्त्रीद्वय हित बहादुर तामाङ र  सुनिल मानन्धर, पार्टी जिल्ला ईन्चार्ज  हिमाल शर्मा, केन्द्रीय  निर्वाचन आयोगका सचिवालय सदस्य गोविन्द बटाला, पार्टी केन्द्रीय सदस्य कुमार बोगटी तथा अमरध्वज लामा, पार्टी जिल्ला सचिव  महेश्वर फुयाल लगायतका नेताहरु सहभागी रहेको थियो।

गत सनिवार वडा नं १३ मा घरदैलो अभियान आयोजना गरिएको जानकारी दिदै नगर समितीका अध्यक्ष भाइनारायण श्रेष्ठले आगामी दिनमा पनि बुढानिलकण्ठका जनताहरु संग निरन्तर अन्तरक्रिया गर्ने बताएका छन।

तपाइँको प्रतिक्रिया ।