नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ को सह संयोजकमा राजु अधिकारी
कपन अनलाइन
काठमाडौं,असार २० ।
नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ४ मा सह संयोजकको जिम्मेवारी राजु अधिकारीले पाएका छन।
नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य रहेका अधिकारीलाई जिल्ला कमिटीको बैठकले क्षेत्र -४ को सह संयोजकमा मनोनीत गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा-११ मा दुई पटक वडा अध्यक्ष पदमा निर्वाचित भएका अधिकारीले नेकपा एमालेको तल्लो तह देखि नै योगदान दिएका छन।
नेकपा एमाले काठमाडौं क्षेत्र -४ को सदस्य रहेर काम गरिसकेका उनले तत्कालीन प्ररायु संघका विभिन्न जिम्मेवारीहरु बहन गरेका थिए।
२०५४ सालमा पनि साविक कपन गाविसमा जनप्रतिनिधि निर्वाचित भएका अधिकारी राजनीति संगै समाजसेवामा पनि सक्रिय रहेका छन।
तपाइँको प्रतिक्रिया ।