रिलायन्स कलेजले आयोजना गरेको पाँचौ राष्ट्रव्यापी SEE प्रतियोगिताको परिणाम प्रकाशन
कपन अनलाइन
काठमाण्डौ,असार २०।
प्रत्येक वर्ष झैं यस वर्ष पनि काठमाडौं चावहिल स्थित रिलायन्स कलेजले सामाजिक उत्तरदायित्व स्वरुप पाँचौ संस्करणको राष्ट्रव्यापी SEE प्रतियोगिता भव्यताका साथ आयोजना गरी परिणाम प्रकाशन गरेको छ ।
जस अनुसार काठमाडौंकी बागमती बोर्डिङ्ग स्कूलकी छात्रा सृष्टि दाहाल देश भरिबाट प्राप्त ५०३ ओटा निबन्धलाई उछिन्दै प्रथम भएकी छिन् भने काठमाडौं चाल्र्स डार्बिन माविकी सफलता खड्का द्वितीय हुन सफल भइन् भने कास्की जिल्लाको प्रगती सेकेन्डरी स्कूलका निर्णय गुरुङ्ग तृतीय भएका छन । थप अरु १० जनाले सान्त्वना पुरस्कार प्राप्त गर्ने छन् उक्त प्रतियोगितामा विजेता १३ जनालाई नगद पुरस्कार र छात्रवृत्ति केही दिन भित्रमा विशेष पुरस्कार वितरण समारोह आयोजना गरेर प्रदान गरिने कलेजका प्राचार्य रविन्द्रजङ्ग थापाले बताउनुभयो ।
उक्त प्रतियोगितामा २०८२ साल जेष्ठ १ गतेदेखि असार १० गतेसम्म देशै भरिका क्भ्भ् दिएर बसेका विद्यार्थीहरुले “मोबाइल प्रविधिको प्रयोग ः सुविधाकी समस्या ?”(The Mobile Technology Application : Convenience or Hindrance )शीर्षकमा ३०० शब्द नबढाई नेपाली वा अंग्रेजी भाषा मध्ये एकमा आफ्नो निबन्ध पठाएका थिए ।
निबन्ध पठाउनेgmail ठेगाना ( eca.cca@ria.edu.np रहेको थियो । निबन्ध कलेजकोFront Desk मा आफैं आएर वा अरु कसै मार्फत समेत पठाउन सकिने अवसर समेत प्रदान गरिएको प्रिन्सिपल थापाले बताउए । यो प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका धेरै जिल्लाबाट सहभागिता रहेको थियो ।
बझाङ,डडेलधुरा,बाजुरा,बर्दिया,दाङ,पाल्पा,स्याङजा,कास्की,गुल्मी,चितवन,धादिङ्ग,नुवाकोट,मकवानपुर,तनहु,काठमाडौं,ललितपु्र,भक्तपुर,सिन्धुपाल्चोक,काभ्रपलान्चोक,रामेछाप, भोजपुर,पर्सा,बारा, रौतहट,धनुषा,सुनसरी ,मोरङ्ग,ओखलढुङ्गा,इलाम गरी २९ जिल्लाबाट निबन्धहरु तोकिएको माध्यमबाट प्राप्त भएको थियो ।
Final Result of 5th Reliance Nationwide SEE Essay Competition-2082
S.N. | Student’s Name | School’s name | Address |
1. | Shristi Dahal | Bagmati Boarding School | Kathmandu
|
2. | Saphalta Khadka | Charles Darwin Academy, | Kathmandu
|
3. | Nirnaya Gurung | Pragati Secondary School | Kaski
|
4. | Ritika Baniya | Laligurans secondary School | Okhaldhunga
|
5. | Rajib Karki | Prashanti Academy | kathmandu |
6. | Khusi Shrestha | Trinetra Biddha Niketan | Kathmandu |
7. | Bhumika Sapkota | Kalika Ma.Vi., | Okhaldhunga |
8. | Jiwan Rawal | Shree Bhawani Devi Secondary School
|
Achham
|
9. | Anmol Ghising | Kalpabrikshya Ma. Vi. | Sarlahi |
10. | Bipin Panthi | Jyotismati Vidyapeeth Lamahi | Dang , lamahi |
11. | Jagadish Dhamala
|
Janajagriti Secondary School
|
Kalikot
|
12. | Prasamsha Tamang | Katari Model Eng Boarding School
|
Udayapur
|
13. | Hari Krishna Dahal | Little Moon High School | Sindhuli |