बुढानिलकण्ठ नगरपालिका पुर्ण खोप सुनिस्चित नगरपालिका घोषणा

बुढानिलकण्ठ नगरपालिका पुर्ण खोप सुनिस्चित नगरपालिका घोषणा

कपन अनलाइन

काठमाण्डौ,असार २०।

बुढानिलकण्ठ नगरपालिका पुर्ण खोप सुनिस्चित नगरपालिका घोषणा गरिएको छ।

नगरपालिकामा आयोजना गरिएक्प एक कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकालाई पुर्ण खोप सुनिस्चित घोषणा गरिएको हो। बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षता तथा जिसस काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चपली स्वास्थ्य चौकीका महिला स्वयंसेवीकाहरुले साङितिक प्रस्तुती दिएका थिए।

बुढानिलकण्ठका उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, विभिन्न वडाका अध्यक्षहरु , नगर कार्यपालिका सदस्यहरु , जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख बसन्त अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रममा जन स्वास्थ्य महाशाखाका प्रमुख कुमार दाहालले कार्यक्रम माथी प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।

तपाइँको प्रतिक्रिया ।