प्याब्सन बुढानीलकण्ठले ‘लीडरशिप एण्ड स्कुल कल्चर’ विषयमा विशेष प्रशिक्षण कार्यक्रम गर्ने

प्याब्सन बुढानीलकण्ठले  ‘लीडरशिप एण्ड स्कुल कल्चर’ विषयमा विशेष प्रशिक्षण कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाण्डौ,असार २०।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) बूढानीलकण्ठले इम्पेरियल वर्ल्ड स्कूलको सहकार्यमा “लीडरशिप एण्ड स्कुल कल्चर : एम्पावरिङ एजुकेटर्स फर ट्रान्सफर्मेशनल चेञ्ज” शिर्षकमा एक दिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।

शिक्षक तथा विद्यालय प्रशासकहरूको नेतृत्व विकास तथा विद्यालयको समग्र संस्कृतिमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिन लागेको हो।

प्रशिक्षण कार्यक्रम असार २२ गते आइतवार (२०८२) बिहान ९ बजे देखि साँझ ४ बजे सम्म इम्पेरियल वर्ल्ड स्कूल, बूढानीलकण्ठमा हुनेछ। कार्यक्रममा शिक्षा क्षेत्रमा अनुभवी प्रशिक्षक दीपेश श्रेष्ठ र जुनिता कार्कीले प्रशिक्षण दिनेछन्।

कार्यक्रममा सहभागी शिक्षक, व्यवस्थापक तथा विद्यालय नेतृत्वकर्ताहरूलाई नेतृत्व, विद्यालय संस्कार र परिवर्तनकारी शिक्षण पद्धति सम्बन्धी अन्तरदृष्टिपूर्ण विचार आदान–प्रदान हुने आयोजकले जनाएका छन्। यस कार्यक्रमले शिक्षकहरूलाई सशक्त बनाउँदै शिक्षण पद्धतिमा रूपान्तरण ल्याउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रिया ।