एसइइमा सफल विद्यार्थीहरुलाई नेसनल प्याब्सन बुढानिलकण्ठको सम्मान
कपन अनलाइन
काठमाण्डौ,असार २०।
नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको आयोजनामा एसइइ सम्मान कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा -१० मा रहेको मिलनचोक पार्टी भेन्युमा भएको उक्त सम्मान कार्यक्रममा एसइइ -२०८१ शालमा उत्कृष्ट स्थान हाशिल गर्ने विध्यार्थीहरुलाई सम्मान गरिएको थियो। नेपाल सरकारका पुर्व उप प्रधानमन्त्री भिम रावलको प्रमुख आतिथ्यता र नगर समितिका अध्यक्ष सुदिप काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सफल विध्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै सफल जिवनको कामना समेत गरेका थिए।
सो कार्यक्रममा नेसनल प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष रितु राज सापकोटा, महासचिव प्रताप थापा, सचिव तेन्जिङ भोटिया सहित केन्द्र, प्रदेश तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा कार्यक्रमका सहयोगी टेक्सास कलेजका प्रमुख श्याम सुन्दर श्रेष्ठ , आदिम कलेजका प्रमुख शंकर शर्मा,द इन्साइट भिजन कलेजका प्रवन्ध निर्देशक हेमन्त श्रेष्ठ , भि एस कलेजका प्रमुख रामकृष्ण सिम्खडा, लुम्बिनी कलेजका प्रमुख रविन चन्द्र कोइराला, ब्रुकलिन कलेजका अध्यक्ष डा. खिला सापकोटा लगायतले विध्यार्थीहरुलाई प्रेरणादायी सुझाव दिदै उच्च शिक्षाका विविध आयामहरुका बारेमा धारणा ब्यक्त गरेका थिए।
नेसनल प्याब्सन बुढानिलकण्ठकि उपाध्यक्ष सुस्मिता मैनालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव गोविन्द बहादुर धामीले गरेका थिए ।
