एसइइमा यज्ञमति मावि बुढानिलकण्ठ-११ को सत प्रतिसत नतिजा
कपन अनलाइन
काठमाण्डौ,असार १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको यज्ञमति माविले एसइइ परिक्षा -२०८१ मा सत प्रतिसत नतिजा प्राप्त गरेको छ।
उक्त परिक्षामा सो विद्यालयका तिन जना विद्यार्थीहरुले ३.६ देखि ४.० जिपिए सम्म प्राप्त गरेका छन भने १५ जना विद्यार्थीहरुले ३.२ देखि ३.६ जिपिए प्राप्त गरेको प्रधानाध्यापक मुकुन्द बुढाथोकीले जानकारी दिएका छन।
बुढानिलकण्ठ नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा अब्बल नतिजा निकालेको सो यज्ञमति माविका तिन जना विद्यार्थीहरुले जिपिए २.८ देखि ३.२ ल्याएको सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी श्यामसुन्दर भण्डारीले बताएका छन।
तपाइँको प्रतिक्रिया ।
