एसइइमा बौद्ध चिल्ड्रेन हेवनको जिपिए ४ सहित उत्कृष्ट नतिजा
कपन अनलाइन
काठमाण्डौ,असार १७।
बौद्ध चिल्ड्रेन हेवन बोर्डिङ स्कुल, का.म.पा. ६ रामहिटी , बौद्धले माध्यमिकशिक्षा परीक्षामा उच्चतम अङ्क जिपिए ४ सहित उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा साइन खड्काले जीपी ४ हाशिल गरेका हुन् ।
यस वर्षको परीक्षामा कुल २४ जना सहभागी भएका थिए जसमध्ये १ जनाले उच्चतम Grade A+ (GPA 3.6bदेखि 4) २१ जनाले र बाँकी सबैजनाले A Grade (GPA 3.36 देखि 3.6) ल्याउन सफल भएका छन् ।
शिक्षक, अभिभावक , विद्यार्थी र विद्यालयको शैक्षिक वातावरणको संयोजनले नै यो नतिजाप्राप्त गर्न सफलभएको साथै गुणस्तरीय शिक्षालाई मात्र जोड नदिइ विद्यार्थीहरुको नेतृत्वतथा चौतर्फी विकासका लागि आवश्यक अन्य अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराउँदै आइरहेको विद्यालयका प्रिन्सिपल ललित शर्माले बताए ।
यसै क्रममा असार १३ गते नेसा f (NESA)अन्तर्गतका सदस्य १० विद्यालयहरु बिच अन्तर –विद्यालयहाजिरी जवाफ प्रतियोगिता पनि सो विद्यालयको संयोजकत्वमा सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा पनि विद्यालयले सान्त्वना पुरस्कार हासिल गरेको थियो ।
