बुढानिलकण्ठ-१२ का ब्युटी पार्लर र सैलुन संचालकहरुलाई अभिमुखिकरण सम्पन्न

बुढानिलकण्ठ-१२ का ब्युटी पार्लर र सैलुन संचालकहरुलाई अभिमुखिकरण सम्पन्न

कपन अनलाइन

काठमाडौं,असार १७।

कपन महिला समाजको आयोजना र बुढानिलकण्ठ नगरपालिका वडा-१२ को सहयोगमा ब्युटी पार्लर र कपाल काट्ने सैलुनहरुमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।बुढानिलकण्ठ -१२ भित्र संचालित सैलुन र ब्युटी पार्लरहरुका प्रतिनिधि तथा संचालकहरुलाई स्वास्थ सुरक्षा र निर्मलिकरणका बारेमा बुढानिलकण्ठ नगर अस्पतालका कार्यकारी निर्देशक डा. सुधाम्शु झाले प्रशिक्षण प्रदान गरेका थिए।
कपन महिला समाजकि अध्यक्ष पम्फा श्रेष्ठको अध्यक्षता र वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक शान्ता ढकाल पुडासैनी, वडा सदस्य मिना बयलकोटी, समाजसेवी नारायण ढुङेल लगायत अतिथि रहेका थिए।

तपाइँको प्रतिक्रिया ।