एसइइमा बुढानिलकण्ठको उत्कृस्ट नतिजा : १४ विद्यालयका ६० विद्यार्थीको ४ जिपिए

एसइइमा बुढानिलकण्ठको उत्कृस्ट नतिजा : १४ विद्यालयका ६० विद्यार्थीको ४ जिपिए

कपन अनलाइन

काठमाण्डौ,असार १५।

बुढानिलकण्ठ नगरपालिकाका १४ वटा विद्यालयका ६० जना विद्यार्थीहरुले एसइइ परिक्षा २०८१ मा ४ जिपिए प्राप्त गरेका छन।

हालसम्म प्राप्त जानकारी अनुसार सबैभन्दा बढी एकै विद्यालयका १९ विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन भने अन्य विद्यालयहरुका  ९ ,७,६ ,४,२ र १ जना विद्यार्थीहरुले उत्कृस्ट नतिजा सहित ४ जिपिए पाएका छन।

शिक्षा विकास तथा समन्वय इकाई काठमाण्डौका अनुसार काठमाण्डौ जिल्लामा ४११ जनाले ४ जिपिए प्राप्त गरेका छन भने उत्रिण प्रतिशत ८७.१८% रहेको छ।

हाल सम्म प्राप्त जानकारी अनुसार  बुढानिलकण्ठका कुन विद्यालयका कति विद्यार्थीहरुले ४ जिपिए प्राप्त गरे ?

१. रिलायन्स इन्टरनेसनल एकेडेमी : १९ जना
२.बुढानिलकण्ठ स्कुल : ९ जना
३.जोसेफ मावि : ७ जना
४.पिक पोइन्ट एकेडेमी : ६ जना
५.भ्याली पब्लिक स्कुल :४ जना
६.प्रशान्ति एकेडेमी : २ जना
७. बुढानिलकण्ठ आश्रम स्कुल : २ जना
८ .मन्जरी सेकेण्डरी स्कुल : २ जना
९.काठमाण्डौ विद्यालय : २ जना
१०.रिलायन्स पब्लिक स्कुल : २ जना
११.बेद ब्यास बोर्डिङ्ग स्कुल :२ जना
१२.घटराज मेमोरियल स्कुल : १ जना
१३.रिलायन्स को एड स्कुल : १ जना
१४.नेवरहुड बोर्डिङ्ग स्कुल : १ जना

तपाइँको प्रतिक्रिया ।