चामल पर्याप्त छ ः संस्थान

चामल पर्याप्त छ ः संस्थान

विराटनगर, ११ असोज । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय, विराटनगरसँग चामल पर्याप्त मात्रामा मौज्दात छ ।

यस कार्यालयको गोदाममा ११ हजार क्विन्टल चामल मौज्दात रहेको छ । पहाडी जिल्लाको डिपोमा पनि दसैँसम्मका लागि चामल मौज्दात रहेको सो कार्यालयले जनाएको छ ।

chamal
यस कार्यालयबाट कोसी अञ्चलको भोजपुर र सङ्खुवासभामा चामल पठाइने गरिन्छ । भोजपुरको डिपोमा ६०० क्विन्टल मध्ये एक हजार १०० क्विन्टल चामल मौज्दात रहेको कार्यालय प्रमुख गणेशप्रसाद चापागाईले जानकारी गराउनुभयो ।

यसैबीच, भारतबाट आयात प्रभावित भएकाले नेपाल खाद्य संस्थानले दसैँको समयमा मोरङमा मागलाई पूर्ति गर्ने उद्देश्यले चामल बिक्री गर्ने निर्णय गरेको छ । विराटनगरस्थित कार्यालयको गोदामबाट घटस्थापनादेखि छठ पर्वसम्म सर्वसाधारणका लागि चामल बिक्री खुला गरिने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सङ्खुवासभा र भोजपुर जिल्लामा चामलको अभाव हुन नदिने सो कार्यालयले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।