नेसनल प्याब्सन काठमाडौंको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं , असार ७।
नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा तथा नेसनल प्याब्सन काठमाडौं महानगर समितिको सयोजनमा आयोजित ५औँ काठमाडौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता असार ६ गते शुक्रबार युनिभर्सल सेकेण्डरी स्कुलमा सम्पन्न भएको छ ।
काठमाण्डौ जिल्ला अन्तर्गत एक बिध्यालय एक टिम को सहभागिता बमोजिम २४ वटा बिध्यालयबाट २४ टिम सहभागी भएकोमा साम्तेन मेमोरियल स्कुल बुढानिलकण्ठ प्रथम ,दिब्य ज्ञान स्कुल काठमाडौं महानग्र दोश्रो , बेद ब्यास स्कुल तेश्रो र युनिभर्सल सेकेण्डरी स्कुल ले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन । बिजयी बिध्यार्थीहरुलाई ट्र्फि, मेडल र शर्टिफिकेट प्रदान गरिएको थियो ।
कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समिति सदस्य बिजय खरेल, नेसनल प्याब्सन काठमाडौं जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी मनोज , कोषाध्यक्ष बिजय न्यौपाने, सह कोषाध्यक्ष हेमन्त श्रेष्ठ, सदस्य राम प्रसाद काफ्ले, काठमाडौं महानगर समिति सयोजक निलममणि भट्ट्रराई, सचिब राजन लम्साल , कार्यक्रम सयोजक अबिनास यादब , बुढानिलकण्ठ नगर समिति उपाध्याक्ष सुस्मिता मैनाली, सचिब गोबिन्द धामी, सह सचिब नारायण चौलागाई तथा स्याट सचिब प्रसान्त दाहालको उपस्थिति रहेको थियो । क्विज मास्टर रन्जित गुप्ताले सन्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व नेसनल प्याब्सन काठमाडौं महानगर समिति सयोजक निलममणि भट्ट्रराईले गरेका थिए।
