टिआइएमा ‘विद्यालय परिषद सदस्य निर्वाचन २०८२’ सम्पन्न

टिआइएमा  ‘विद्यालय परिषद सदस्य निर्वाचन २०८२’  सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको ट्रुंगग्राम इन्टरनेसनल एकेडेमीको  ‘विद्यालय परिषद सदस्य निर्वाचन -२०८२´  सम्पन्न भएको छ।

सो निर्वाचनमा यस विद्यालयका कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीले सक्रियतापूर्वक मतदान गरेका थिए । विद्यार्थीका सक्रिय सहभागिता मार्फत विद्यार्थी प्रतिनिधि चयन गर्ने प्रक्रिया बिहान ठिक १० बजेबाट शुरू भएको थियो।

निर्वाचनको प्रचार-प्रसारदेखि मतगणनासम्मको सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले आफैले कुशलतापूर्वक सम्हालेका थिए । संवृद्ध विद्यालय र लोकतान्त्रिक अभ्यासको प्रदर्शन गर्ने उदेश्यले विद्यालयले आयोजना गरेको यस निर्वाचन मार्फत विद्यार्थीहरूले छात्र/छात्रा परिषद  सदस्यको पद प्राप्त गरेका थिए ।

सो  निर्वाचन मार्फत विद्यालयले नेतृत्व विकास, जिम्मेवारी बोध र लोकतान्त्रिक मूल्यमा विद्यार्थीहरूलाई ब्यवहारिक सिकाइ प्रदान गर्ने उदेश्य लिइएको थियो।

को को भए निर्वाचित ?

हेड ब्वाय – बर्दान थापा, कक्षा १०, (एक मूल्यवान बास्केटबल खेलाडी जसले ७ वटा ट्रफी जितेका छन्)

हेड गर्ल – बबिता कार्की, कक्षा १०, (जसले ३ पटक उत्कृष्ट एथलीटको अवार्ड जितेकी छन् र नेपालको अन्डर-१६ महिला राष्ट्रिय फुटबल खेलाडी हुन्)

डेपुटी हेड ब्वाय – प्रसन्ना भण्डारी, कक्षा ८।

डेपुटी हेड गर्ल – रोजिना श्रेष्ठ, कक्षा १०।

तपाइँको प्रतिक्रिया ।