चार मुक्तक : नवशिला
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १०।
देखाउँदै तिमीले निकै ठूलो चुरीफुरी
उडाउँला झैँ गरेर मेरै घरको धुरी
दया भावै नराखी हुण्डरी लिई साथमा,
निर्दयी भई किन आयौ बनी हावा हुरी ?
प्रेम सुवास बोकी आउँदा हुरी सम्झियौ
विश्वासलाई तिमीले चुरीफुरी सम्झियौ
दयाभावकै हुण्डरी’थ्यो सम्हालेनौ प्यारा,
संकृर्णता पालेउ मनमा दूरी सम्झियो ।
चट्याङ हान्दै कालो मैलो आकाश बनेर
मै हुँ भन्दै दम्भ देखाई तमास बनेर
निष्ठुरी र निर्मोही भई किन आयौ तिमी,
क्षति पु¥याउनलाई हुरी बतास बनेर ?
बिजुलीझैँ चम्किएर दिलमा बस्न मनथ्यो
खुसी बनी आँखाबाट तप्प खस्न मनथ्यो
रोक्यौ मलाई हुरी अनि बतास बनिस् भन्दै,
हृदयको ढोका खोली भित्रै पस्न मनथ्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।