नेपालको संविधान उत्कृष्ट–उपप्रम गौतम

नेपालको संविधान उत्कृष्ट–उपप्रम गौतम

काठमाडौँ, ९ असोज । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले जनताद्वारा निर्वाचित सर्वाेच्च निकायद्वारा नयाँ संविधान जारी भएको हुँदा यसमा सबैको अधिकार सुरक्षित रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “संविधानमा सबैका अधिकार सुरक्षित छन्, आफ्ना कुरा परेन भन्नु दुर्भाग्य मात्र हो । ”

bamdev

नर्भिक इन्टरनेसनल अस्पतालद्वारा विश्व मुटुरोग दिवसमा अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले संसारमा जारी भएका संविधानमध्ये नेपालको संविधान उत्कृष्ट रहेको दाबीसमेत गर्नुभयो ।

छिमेकीसित नेपालले असल सम्बन्ध राख्दै आएको र आगामी दिनमा पनि राख्ने चर्चा गर्दै उहाँले मित्रतामा कहीँ कतैबाट आँच आउन नदिने बताउनुभयो । उपप्रधानमन्त्री गौतमले संविधानप्रति असन्तुष्टि राखी आन्दोलन गरिरहेका पक्षसँग सम्वाद कार्यलाई सरकारले अगाडि बढाइराखेको जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री गौतमले मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मी, डा मनबहादुर केसी, डा राजेन्द्र कोजु र डा अभिनव वैद्यलाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा डा भारत रावत, प्राडा यादव भट्ट, डा सुनिलचन्द्र झा, डा ज्योतिन्द्र शर्माले मुटुरोगका जानकारी दिनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।