बुढानीलकण्ठमा सहकारी संस्थाका कर्मचारी र पदाधिकारीका लागि उदघोषण कला प्रशिक्षण सम्पन्न
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ९।
सहकारी संस्थाको संस्थागत क्षमता विकास गर्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिकाको सहकारी शाखाबाट सञ्चालन गरिएको ५ दिने “नेतृत्व तथा प्रभावकारी उद्घोषण सिप विकास” प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। यस प्रशिक्षणमा नगरपालिकामा सञ्चालनमा रहेका सहकारी संस्थाका कर्मचारी तथा पदाधिकारीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रमको समापन अवसरमा नगर प्रमुख मिठाराम अधिकारी सम्मानित अतिथिका रूपमा उपस्थित रहेका थिए। उनले प्रशिक्षणार्थीहरूलाई नेतृत्वकक्षमता, प्रभावकारी संचार, र सहकारी संस्थाको सुदृढीकरणका लागि आवश्यक सिपहरू विकास गर्ने आवश्यकतामा जोड दिए।
उनले यस्ता प्रशिक्षणहरूले सहकारी संस्थाको प्रभावकारिता बढाउन मद्दत गर्ने बताउँदै सहकारी क्षेत्रलाई नगरपालिकाको प्राथमिकतामा रहने बताए।
प्रशिक्षणमा सहभागीहरूले नेतृत्व विकास, टोली व्यवस्थापन, निर्णय प्रक्रिया, र प्रभावकारी उद्घोषणका विभिन्न तरिकाहरूबारे जानकारी प्राप्त गरेका थिए। सो प्रशिक्षणले सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी संस्थाहरूको सञ्चालनमा सुधार ल्याउने आशा व्यक्त गरेका थिए।
नगरपालिकाका सहकारी शाखाले यस्ता क्षमता विकासका कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना रहेको छ। कार्यक्रमको अन्त्यमा प्रशिक्षण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
तपाइँको प्रतिक्रिया ।
