‘ब्याक अफ इन्डिया’ भन्दै युवाले गरे राजधानीमा प्रदर्शन
काठमाडौँ, ६ असोज । नेपालको राजनीतिमा भारतले गर्न खोजेको हस्तक्षेपका बिरुद्ध युवाहरु ‘ब्याक अफ इन्डिया’ अभियान अन्तर्गत काठमाडौँको आर. आर. क्याम्पस अगाडि प्रदर्शनी मार्गमा स्वतन्त्र रूपमा बिरोध प्रदर्शन गरेका छन।
नेकपा – माओबादी निकट विद्याथी संगठन अखिल ( क्रान्तिकारी ) को अगुवाइमा भएको उक्त बिरोध प्रदर्शनमा सबैले आफ्नो पार्टीको झन्डा भन्दापनि नेपालको झन्डा फर्फराउदै एक स्वोरमा भन्दै थीए ब्याक अफ इन्डिया
कार्यक्रममा युवा नेता लेखनाथ न्यौपानेले आन्तरिक समस्याको समाधान गर्न पनि उत्तिकै जरूरी भएको बताए। बिरोध सभामा विभिन्न बिद्यार्थी नेताहरुले आफ्नो धारणा राखेका थिए ।
संविधानसभाबाट संविधान घोषणा भए लगत्तै भारतले मधेसी जनताको माग अपुरो भएको भन्दै नाकाबन्दी गर्ने संकेत गरे लगत्तै विश्वभरीका सामाजिक सन्जालहरुमा भारतको उक्त नीतिको विरोध सुरु भएको थियो। विरोध कार्यक्रमले संसारभरी छरीयर बसेका नेपाली युवाहरु राष्ट्रियताको विषयमा एक भएको सन्देश दिएका थिए।