नेसनल युनाइटेड स्कुलमा विश्वस्तरीय आईटी शिक्षा
कपन अनलाइन
काठमाडौं , चैत २२।
बुढानीलकण्ठ नगरपालिका वडा नं ८, गणेशचोकमा अवस्थित नेसनल युनाइटेड स्कुलले २०८१ चैत्र २१ गते बिहीबार सूचना प्रविधिमा आधारित शिक्षाको क्षेत्रमा नविनतम कदम चालेको छ।
विद्यालयले डिजीस्कुल ग्लोबलसँग एक औपचारिक सम्झौता पत्र (MOU) मा हस्ताक्षर गर्दै विश्वस्तरीय आईटी पाठ्यक्रम विद्यालयको शैक्षिक संरचनामा समावेश गर्ने घोषणा गरेको हो।
यस सम्झौतासँगै अब विद्यालयका विद्यार्थीहरूले NCC-UK द्वारा प्रमाणित अन्तर्राष्ट्रिय Digi Certification पाउनेछन् । यो प्रमाणपत्र सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता प्राप्त छ। सम्झौताको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई २१औं शताब्दीका डिजिटल सीपहरू जस्तै कोडिङ, कम्प्युटेशनल थिङ्किङ, डिजिटल साक्षरता, साइबर सुरक्षाबोध, अनलाइन सुरक्षा र रोबोटिक्समा शिक्षा प्रदान गर्नु हो।
विद्यालयले यो सहकार्यबाट शिक्षकहरूको क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री शिक्षण विधि अपनाउने जनाएको छ। स्कूलकी प्रिन्सिपल शायरा हमालले सम्झौता कार्यक्रममा भनिन , “हाम्रो लक्ष्य केवल पाठ्यपुस्तक सीमित शिक्षा होइन, व्यवहारिक, परिणाममुखी र भविष्यतर्फ उन्मुख ज्ञान प्रदान गर्नु हो।
डिजीस्कुलसँगको सहकार्यले त्यस दिशामा ठूला कदमहरू चाल्न मद्दत पुर्याउनेछ।” यस सहकार्यले विद्यालयको प्रविधिमैत्री शिक्षा प्रणालीमा ऐतिहासिक टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
तपाइँको प्रतिक्रिया ।