सबै सहकारीलाई सिस्नुकोविरुवा वितरण गर्छु,ऋण नतिर्नेलाई सिस्नु पानी लगाउनु पर्छ : मिठाराम अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,चैत २०।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरका सबै सहकारी संस्थाहरुलाई सिस्नुको विरुवा वितरण गर्ने बताएका छ्न। ६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले संस्थाको ऋण नतिर्नेहरुलाई सोही सिस्नु पानी लगाउनु पर्ने बताएका थिए।
आगामी दिनमा नगरपालिकाले सिस्नो र गमला वितरण गर्ने मात्र हैन एउटा गाडी ब्यवस्थापन गरेर ऋण लाने र नतिर्नेहरुको नाम टासेर नगर परिक्रमा समेत गर्ने भन्दै व्यंग्य गरेका थिए ।
नगरभित्रका सहकारी संस्थामा कुनै समस्या परेको खण्डमा आफुलाइ सिधै भन्नका लागि आग्रह गर्दै प्रमुख अधिकारीले सकेसम्म संचालकका आफन्त तथा नजिककालाई ऋण प्रवाह नगर्न सचेत समेत गराएका थिए ।
बुढानिलकण्ठ नगरपालिका वडा -८ को गोल्फुटार बास्केटबल कोर्टबाट प्रभातफेरि सहित भएको सहकारी दर्पण बिमोचन कार्यक्रममा नगरका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नगरपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा नगर उप प्रमुख अनिता लामा , प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सहित विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगर सहकारी समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो।
सो अवसरमा नगरको सहकारी शाखाले नियमित रूपमा प्रकासन गर्दै आएको पुस्तिका सहकारी दर्पण बिमोचन समेत गरिएको थियो। नगर स्तरीय सहकारी समन्वय समितिका अध्यक्ष बेदुकाजी घिमिरेले स्वागत मन्तव्य र शाखाका प्रमुख अच्युत खड्काले संचालन गरेको सो कार्यक्रममा समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।