बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा “सहकारी संग जनप्रतिनिधि” कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा “सहकारी संग जनप्रतिनिधि” कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत २०।

बुढानिलकण्ठ नगरपालिका वडा -१२ को आयोजनामा सहकारी संग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ।

वडा -१२ भित्र रहेका सहकारी संस्थाहरुका प्रतिनिधिहरुको सहभागीतामा भएको सो कार्यक्रममा सहकारी क्षेत्रका विविध पक्षहरुको बारेमा अन्तरक्रिया गरिएको थियो । बुढानिलकण्ठ नगरपालिका वडा -१२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहकारी बिज्ञहरु संग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।

नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास समितिकि संयोजक शान्ता ढकाल पुडासैनीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कास्कुनका संचालक कृष्ण आचार्य, पुरुषोत्तम नेपाल, वडा सदस्यहरु इश्वरी भट्टराई , मिना बयलकोटि सहित विभिन्न टोल सुधार समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा चम्पादेवी बहुउद्देश्यीय सहकारी संस्थाको ब्यवस्थापनमा भएको सो कार्यक्रममा चम्पादेवीका अध्यक्ष काजी थापाले स्वागत मन्तव्य सचिब गीता मिश्र पुडासैनीले कार्यक्रम संचालन गरेकी थिइन।

तपाइँको प्रतिक्रिया ।
Close