भक्ति इन्टरनेसनल स्कुल बुढानिलकण्ठ -७ मा शैक्षिक लेखापरीक्षण सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत २०।
बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको भक्ति इन्टरनेसनल स्कुलमा शैक्षिक लेखापरीक्षण सम्पन्न भएको छ।
विद्यालयको शैक्षिक सुधार र रचनात्मक गतिविधिका लागि आत्म-प्रतिबिम्ब, सहकार्य, टोली कार्य र प्रतिक्रिया मोडलमा संचालन भएको सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका शिक्षा ,युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहको उपस्थिति रहेको थियो।
शिक्षण र सिकाइमा गुणस्तर प्रक्रियाहरू निरन्तर सुधार गर्ने र यसरी विद्यार्थीको सफलता बढाउने उदेस्यले सो शैक्षिक परिक्षण संचालन गरिएको प्रधानाध्यापक नवराज भट्टले जानकारी दिएका छन।
सो शैक्षिक लेखापरीक्षण २०८१ मा भक्ति इन्टरनेशनल एकेडेमीका सबै संकाय सदस्यहरूको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।