नागार्जुन नगरपालिका–८ मा दुर्घटना, एक जनाको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,चैत १७।
नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले जानकारी दिएका छन ।
सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।
तपाइँको प्रतिक्रिया ।