फेरिल्याण्ड इन्टरनेशनल स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

फेरिल्याण्ड इन्टरनेशनल स्कुलमा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत १७।

बुढानीलकण्ठ नगरपालिका-१० बालुवाखानी कपनमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलले आयोजना गरेको अभिभावकसँगको छलफल कार्यक्रम सम्पन्न भएको छ।

बालबालिकालाई पढ्ने वातावरण निर्माण गर्नुमा अभिभावकको  दायित्व आदि विषयरहेको  छलफल कार्यक्रममा अभिभावकहरूले विभिन्न  विचार व्यक्त गरेका थिए  । उनिहरूले आगामी दिनमा बालबालिकालाई आफूहरूले समय दिने, विद्यालयसँग सम्पर्कमा रहेर सहजिकरण गर्ने, बालबालिकालाई गाली भन्दा हौसला प्रदान गर्ने विद्यालयसँग प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले विद्यालयले संस्कारसहितको उत्कृष्ट शिक्षा दिएकोमा खुसी व्यक्त गर्दै आफ्नो पालिकामा राम्रा विद्यालयहरू रहेको र अभिभावकलाई पालिका भित्रैका विद्यालयमा ढुक्क भएर छोराछोरी पढाउन आग्रह गरेका थिए  ।

वडा-१० का वडाध्यक्ष नवराज भट्टराईले पालिकाको पहिचान भनेकै उत्कृष्ट शिक्षा भएको बताउँदै बुढानीलकण्ठ नगरपालिकालाई शैक्षिक हबका रूपमा अगाडी बढाउन लागि परेको बताए । उनले फेरिल्याण्ड इन्टरनेशनल स्कुलको प्रशंसा गर्दै विद्यालय र अभिभावकबिचको सम्बन्ध राम्रो भए विद्यार्थीको पढाई पनि राम्रो हुने विचार व्यक्त गरेका थिए  ।

कार्यक्रममा अभिभावकहरूलाई प्रीतम पौडेलले बालबालिकालाई अभिभावकले कस्तो व्यवहार गर्ने, घरमा कस्तो वातावरण सिर्जना गर्ने, उनिहरूलाई कसरी हौसला प्रदान गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

विद्यालयका संस्थापक  प्रिन्सिपल विष्णुचन्द्र अधिकारी, संस्थापक निर्देशक विनोद अधिकारी, रामप्रसाद गौतमले आफ्नो मन्तव्य राखेको कार्यक्रममा   अभिभावक, शिक्षासेवी, समाजसेवी, विद्यालय सञ्चालकहरू लगायतको सहभागीता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।
Close