योद्धा गाडीको ठक्करबाट नगरपालिकाका एक कर्मचारीको मृत्यु
कपन अनलाइन
काठमाण्डौ ,चैत १७।
गाडीको ठक्करबाट आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ।
सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नं को योद्धा गाडीको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरवहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ।
साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका ६ को रातमाटा घुम्ती नजिक गाडीले ठक्कर दिएको थियो।
ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए।
तपाइँको प्रतिक्रिया ।