सुरभिको १७१ औँ आख्यान वाचन

सुरभिको १७१ औँ आख्यान वाचन

कपन अनलाइन

काठमाण्डौ ,चैत १७।

सुरभि साहित्य प्रतिष्ठानको नियमित आख्यानवाचनको १७१ औँ शृङ्खला सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा वरिष्ठ बालसाहित्यकार गङ्गा पौडेल कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । अन्य अतिथिहरूमा कथाकार दिवाकर न्यौपाने, पत्रकार विनोद दाहाल वत्स र केशव भण्डारी रहेका थिए  । प्रतिष्ठानका सचिव अच्युत घिमिरेको स्वागत मन्तव्य र सहसचिव मेनका पोखरेल आचार्यको सञ्चालनमा सम्पन्न यस कार्यक्रममा दश जना स्रष्टाले कथा, लघुकथा वाचन गर्नुभएको थियो । जसमा शारदा पराजुली, वसन्त रिजाल, परशुराम पराशर, प्रमोद प्याकुरेल, शान्ति रिसाल, सुशील आचार्य, ऋचा, सरिता दुलाल घिमिरे, दिवाकर न्यौपाने र गङ्गा पौडेल कर्माचायरहेका थिए  ।
कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि गङ्गा पौडेल कर्मचार्यले आफू यहीँका कार्यक्रमहरूमा कथावाचन गरेर कथा लेख्न सक्षम भएको कुरा सुनाउनु हुँदै सुरभि साहित्य प्रतिष्ठानले नियमित कथावाचन गराएर धेरैलाई कथाकार बनाएको कुरा बताए । यसका लागि यो प्रतिष्ठानको गुणगान गाएर नसकिने बताउँदै यस प्रतिष्ठानका कार्यसमितिका सबै सदस्यहरूलाई धन्यवाद र बधाई दिएका छन।

कार्यक्रममा अर्का अतिथि विनोद दाहाल वत्सले सुरभि यस क्षेत्रको प्रशंसा गर्न योग्य साहित्यिक संस्था भएको कुरा बताउँदै आख्यान वाचनमा निरन्तरता दिएर यसले रेकर्ड कायम गरेको यथार्थ हो भन्नुभयो । दिउँसो १ बजे सुरु भएको यो कार्यक्रम २ः३० मा समापन भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।
Close