प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत
कपन अनलाइन
काठमाण्डौ ,चैत १२।
नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्।
१०औँ महाधिवेशन अन्तर्गत आज पाण्डेको नाम सर्वसम्मत घोषणा गरिएको हो।
यस्तै, उपाध्यक्ष चेतन अधिकारी, कृपा भण्डारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएका छन् । यसैगरी उपमहासचिवमा हरिबल्लभ नेपाल तथा सचिवहरु बिष्णु तारुके, प्रदिप आचार्य, विक्रम लुईटेल र नरेश भण्डारी चयन भएका छन् ।
तपाइँको प्रतिक्रिया ।