वाको किक बक्सिङका लागि ५ खेलाडी छनोट

वाको किक बक्सिङका लागि ५ खेलाडी छनोट
कपन अनलाइन
काठमाण्डौ ,चैत १२।

नेसनल किक बक्सिङ ऐसोसिएसन नेपालले वाको किकबक्सिङ वल्र्ड कपमा सहभागिताका लागि ५ खेलाडी छनोट गरेको छ । दशरथ रंगशालामा भएको छनोट प्रतियोगिताबाट ४ पुरुष र १ महिला खेलाडी छनोट गरेको संघले जनाएको छ ।
पुरुष ५७ केजीमुनि सुदूरपश्चिम प्रदेशका आसिक कोली, ६७ केजीमुनि बागमती प्रदेशका सागर दर्जी, ६९ केजीमुनि बागमतीका सुनिम श्रेष्ठ र ७१ केजीमुनि बागमतीका कोशिस श्रेष्ठ छानिए । महिला ५१ केजीमुनि बागमतीकी सन्जु सुम्बा तामाङ सहभागी हुने छिन् । थाइल्यान्डमा हुने प्रतियोगिताका लागि खेलाडीको बन्द प्रशिक्षण चैत १२ गतेदेखि सुरु हुने बताइएको छ ।

आगामी बजेटको छलफल
आर्थिक वर्ष २०८२÷८३ को खेलकुदको बजेटका सम्बन्धमा सोमबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ र राखेप सदस्य अञ्जना श्रेष्ठको उपस्थितिमा छलफल भएको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले जनाएका छन् । बैठकमा विभिन्न राष्ट्रिय खेल संघका पदाधिरीको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।
Close