धुर्वतारा कार्नेभाली स्कुल बुढानिलकण्ठ -३ ले ISO CERTIFICATE प्राप्त गर्यो

धुर्वतारा कार्नेभाली स्कुल बुढानिलकण्ठ -३ ले ISO CERTIFICATE प्राप्त गर्यो
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा करिव ४ दशक देखि शिक्षा क्षेत्रमा योगदान पुर्याउदै आएको धुर्वतारा कार्नेभाली स्कुलले ISO CERTIFICATE  प्राप्त गरेको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धुर्वतारा कार्नेभाली स्कुललाई  ISO CERTIFICATE 21001 हस्तान्तरण गरिएको थियो।
विद्यालय संचालक समितीका अध्यक्ष रामबहादुर केसीको अध्यक्षता भएको कार्यक्रम माथि प्रकास पार्दै प्रधानाध्यापक जे एस पौडेलले धुर्वताराले भौतिक पूर्वाधार विकासको चरण सकेर अबका दिनमा शैक्षिक विकासका लागि ISO CERTIFICATE 21001 लिएको बताएका थिए।
विद्यालयको गौरवपूर्ण इतिहास स्मरण गर्दै पौडेलले शैक्षिक गुठीका रुपमा संचालनमा रहेको विद्यालयलाई नगरको उदाहरणका रुपमा संचालन गर्नका लागि नगर प्रमुख र शिक्षा शाखा प्रमुखलाई आग्रह समेत गरेका थिए।
बुढानिलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह, वडा नं ४ का अध्यक्ष श्रीराम केसी , वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई, हिमालयन बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक खेमराज घिमिरे , नेसनल युनाइटेड स्कुलका निर्देशक जेबी हमाल, रिलायन्स इन्टरनेसनल स्कुलका प्रधानाध्यापक खेमलाल भुषाल लगायतको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थी ,शिक्षक तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
ISO CERTIFICATE 21001 हस्तान्तरण पश्चात एभरेष्ट इन्टरनेसनल म्यानेजमेन्ट कन्सल्टेन्सी एण्ड ट्रेनिङ एजेन्सीका प्रमुख शैलेन्द्र खरेलले अभिभावकहरुलाई अभिमुखीकरण गरेका थिए।
तपाइँको प्रतिक्रिया ।
Close