पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल बुढानिलकण्ठ-१२ को रजत महोत्सव सम्पन्न

पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल बुढानिलकण्ठ-१२ को रजत महोत्सव सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुलको रजत महोत्सव सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिका  वडा नं १० मा रहेको मिलनचोक पार्टी प्यालेसमा भएको सो रजत महोत्सवको प्रमुख अतिथि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल रहेका थिए।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष छन्द प्रसाद आचार्यको अध्यक्षतामा भएको सो महोत्सवमा विभिन्न विधामा उत्कृष्ट रहेका विध्यार्थीहरुलाइ पुरस्कार वितरण गरिनुका साथै साङितिक प्रस्तुतिहरु पनि रहेका थिए।

सो समारोहमा पुष्पलाल मेमोरियल क्याम्पस तथा विद्यालयका कार्यकारी निर्देशक केदारराज पुडासैनी, बुढानिलकण्ठ नगरपालिका प्रवक्ता नवराज भट्टराई ,  वडा नं ११ का अध्यक्ष राजु अधिकारी, १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई,सामाजिक विकास समितीकी संयोजक शान्ता ढकाल पुडासैनी, वडा सदस्यहरु ईश्वरी भट्टराई, मिना बयलकोटी, पुष्पलाल मेमोरियल कलेजका प्रमुख शम्भु अधिकारी सहित अभिभावकहरुको उपस्थिति रहेको थियो।

विद्यालयका प्रधानाध्यापक नारायण तिमल्सिनाको स्वागत मन्तव्य र सहायक प्रधानाध्यापक राजु पुडासैनीको संचालनमा भएको सो कार्यक्रममा उत्कृस्ट शिक्षकहरुलाई सम्मान गरिनुका साथै एस इ इ परिक्षामा ४ जिपिए ल्याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।