प्रिन्सटन एकेडेमी बुढानिलकण्ठ -१० को १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

प्रिन्सटन एकेडेमी बुढानिलकण्ठ -१० को १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको प्रिन्सटन एकेडेमीको १८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस र पुरस्कार वितरण समारोह  सम्पन्न भएको छ।

वडा नं १० को मिलनचोक तरकारी बजारमा रहेको विद्यालय प्रांगणमा भएको सो समारोहको अध्यक्षता विद्यालयका प्रधानाध्यापक सुदीप काफ्ले रहेका थिए भने प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका थिए।

बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई,सहायक प्रधानाध्यापक राजु श्रेष्ठ, सहित विभिन्न विद्यालयका प्रधानाध्यापक सहित विसिस्ट व्यक्तित्वहरुको उपस्थिति रहेको  सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट रहेका विध्यार्थीहरुलाइ पुरस्कार वितरण गरिनुका साथै साङितिक प्रस्तुतिहरु पनि रहेका थिए।

लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील रहेको सो विद्यालयको वार्षिकोत्सवका अवसरमा जेष्ठ नागरिक सम्मान,शिक्षक सम्मान सहित घरबेटी सम्मान लगायतका कार्यक्रम रहेको प्रधानाध्यापक सुदिप काफ्लेले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।