मन्जरी सेकेन्डरी स्कुल बुढानिलकण्ठ-७ को २७ औ वार्षिकोत्सव सम्पन्न

मन्जरी सेकेन्डरी स्कुल बुढानिलकण्ठ-७ को २७ औ वार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,चैत २।

बुढानिलकण्ठ नगरपालिका वडा -७ मा रहेलो मन्जरी सेकेन्डरी स्कुलको २७ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ।
नगरपालिकाको  वडा -७ स्थित  ताज पार्टी प्यालेसमा भएको उक्त समारोहको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी रहेका थिए।
बिध्यालय ब्यवस्थापन समितिकि अध्यक्ष बिद्या गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट रहेका विध्यार्थीहरुलाइ पुरस्कार वितरण गरिनुका साथै साङितिक प्रस्तुतिहरु पनि रहेका थिए।
चैत २ गते भएको नर्सरी देखि कक्षा ५ सम्मको सो वार्षिकोत्सवमा  विध्यालय संचालकहरु झरना केसि , निर्देसक डम्बर सिंह गुरुङ , प्रशाशक बिकास देवान नेपाल बैंक लुम्बिनी प्रदेश प्रमुख अर्जुन बहादुर कंडेल , वडा -४ का अध्यक्ष श्री राम केसि , वडा -६ का अध्यक्ष रवी खड्का, प्याव्सन काठमाडौं अध्यक्ष नवराज भट्ट , सचीव कृष्ण भन्डारी , सल्लाहकार जेबि हमाल ,सदस्य प्रदिप श्रेष्ठ , प्रथम महिला रेस्लर भगवती खड्का लगायत अतिथि रहेका थिए ।
तपाइँको प्रतिक्रिया ।