दुई मुक्तक : भारद्वाज मित्र

दुई मुक्तक :  भारद्वाज मित्र

कपन अनलाइन

काठमाण्डौ ,फागुन २४ ।

वर्षातको आकाश धुम्मिएछ
क्षितीज ढाकेर बादल गुम्मिएछ
अपभृतस्नान सकेर धरती
गर्भाधानका लागि झुम्मिएछ ।

तिमीलाई ढटुवा भनि किन नभन्ने
तिमीलाई बेइमान भनि किन नभन्ने
स्वात्तै छाडेपछि समता र वर्गका कुरा
तिमीलाई श्रमिकका शत्रुमा किन नगन्ने ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।