हुम्लामा ऐतिहासिक नेपाल – चिन सीमा वार्ता सम्पन्न

हुम्लामा ऐतिहासिक नेपाल – चिन सीमा वार्ता सम्पन्न

हुम्ला, २७ भदौ । नेपाल–चीनबीच सीमा वार्ता आज हुम्लाको सिमिकोटमा सम्पन्न भएको छ ।
वार्तामा सीमाबाट हुने अवैध गतिविधि रोक्ने, पशु चरणसम्बन्धी समस्या, हिन्दू तथा बौद्ध धर्मावलीहरूको पवित्र तीर्थस्थल कैलाश मावरोवरको दर्शन, पुरान काउन्टीका लगानीकर्ता जिल्लाका आकर्षित गर्ने, हुम्लाको उत्तरी क्षेत्र हिल्सामा चीनबाट विद्युत् विस्तारलगायत ११ वटा विषयमा छलफल हुँदा चिनीयाँ पक्ष सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी कृष्ण घिमिरेले  जानकारी दिनुभयो ।

nepal_china_flagवार्तामा नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी घिमिरेको नेतृत्वमा स्थानीय विकास अधिकारी रवि भट्टराई, प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपाने, राष्ट्रिय अनुसन्धानका होमराज रेग्मी सहभागी हुनुहुन्थ्यो ।
वार्तामा सहभागी हुन चीनको पुरान काउन्टीका सेक्रेटरी गाओ बोगाउको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली  सिमिकोट आएको थियो ।
तीन वर्षदेखि हुन नसकेको यो वार्ता नेपालमा पहिलोपटक भएको हो । यसअघि सो वार्ता चीनमा मात्रै हुँदै आएको थियो ।

तपाइँको प्रतिक्रिया ।