माउन्ट कैलाश बोडिङ्ग स्कुल बुढानिलकण्ठ-११ को अभिभावक दिवस सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,फागुन ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ राममन्दिरमा रहेको माउन्ट कैलाश बोडिङ्ग स्कुलको ३८ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालयका कार्यकारी निर्देशक तथा व्यवस्थापन समितीका अध्यक्ष राजेश्वर तिवारीको अध्यक्षता तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको सो समारोहमा जेष्ठ अभिभावक सम्मान समेत गरिएको थियो।
विद्यालयकी प्रधानाध्यापक प्रतिमा पाण्डे तिवारीले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तव्य राखेको सो अभिभावक दिवसमा विद्यार्थीहरुले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु राखेका थिए।
करिव ४ दशक देखि शिक्षा क्षेत्रमा सक्रिय रहदै सेवा पुर्याइरहेको माउन्ट कैलाश बोडिङ्ग स्कुलले विद्यार्थीहरुको रचनात्मक तथा सृजनात्मक विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
तपाइँको प्रतिक्रिया ।