गजल : नवीन रेग्मी

गजल : नवीन रेग्मी

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

म माया दयाले अघाएर आएँ ।
चिता आज आफ्नै सजाएर आएँ ।१

मरेका ति मुर्दा स्वर्यं भन्छ आज ।
अनेकौं चहाना दवाएर आएँ ।।

यहाँ जून आफैँ खुसी छैन आज ।
म भूलेर आफैँ हराएर आएँ ।।

वगेका नदीले नभेटे समुन्द्र।
झुटो प्रेम भेटेँ अघाएर आएँ।।

गुमेको सहारा कहाँ पो म पाउँ ।
म धेरै वहाना वनाएर आएँ ।।

मरेका नउठ्ने लडेका त उठ्छन् ।
लडेकै हुनाले दवाएर आएँ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।