हाम्रो नगर् पलिकामा : मीना ढकाल ( कविता )

हाम्रो नगर् पलिकामा : मीना ढकाल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,फागुन ७।

सुन्दर पार्क बनाेस् यहीँ

सुरुचीकाे शितल छहारी बनाेस् पानीकाे फाेहरा उठाेस्

गगनमा इन्द्रेनी लाग्ने बनाेस्

सिर्सिर वायु चलाेस् त शितल भई

गृष्मर्तुकाे घाममा न्यानाे हाेस् तनमा

स्वचित्त दिलमा हेमन्तमा-शीतमा ।।१।।

राम्राे एक तलाउ हाेस्

जलसफा माछा रहुन् सुन्दर

चिडिया घर एक सुन्दर

बनाेस् जीवजन्तुका लस्कर

गैँडा- बाघ र पक्षीका घर

बनुन् दृष्टि सबैकाे पराेस् इच्छा

सिद्धि होस्  चिताई मनमा

त्याे शीघ्र नै पूर्ण हाेस् ।।२ ।।

ज्ञानकाे केन्द्र बनाेस् बनाेस्

अरू पनि विज्ञानकाे केन्द्र हाेस्

ध्यानकाे केन्द्र बनाेस्

पवित्र दिल हाेस्

सत्सङ्ग धामै बनाेस्

कैयाैँ भक्त रहून् पवित्र स्थल हाेस्

विद्यादिले पूर्ण हाेस् इच्छा सिद्धि होस्

चिताई मनमा सब कल्पना सिद्ध हाेस् ।।३।।

शान्तिक्षेत्र बनाेस् अशान्त पर हाेस्

दुष्कर्म टाढै रहाेस्

बिस्णुमती तट साैम्य निर्मल बनाेस्

संसारकाे स्वर्ग हाेस्

धेरै फूल फुलून् सुगन्धमय हाेस्

झारपात वृक्षै शीला

पदमै मस्त बनिरहून्

सदा सुकिला पहेला निला ।।४ ।।

मुक्तिक्षेत्र बनाेस् बनाेस्

अरू पनि रूरू – बराहै बनाेस्

केदार- बद्री सबै गया

मधुवनै तिर्थालु धामै बनाेस्

उमाकुण्ड र दुग्धकुण्ड पनि हाेस्

नन्दन यहीँ झर्छ रे

लाग्दा हुन्छ सफेदका दिल भए

निर्माणले बन्छ रे ।।५ ।।

तपाइँको प्रतिक्रिया ।