जुगल नव गुरुकुलमा जिल्ला ब्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न,पलेशा सहित प्रशिक्षकहरु सम्मानित
कपन अनलाइन
काठमाण्डौ ,फागुन ४।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको जुगल नव गुरुकुल तेक्वान्दो डोजाङले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन सहित विभिन्न व्यक्तित्वलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
डोजाङको आयोजनामा कपनमा भएको प्रथम जुगल नव काठमाडौं तेक्वान्दो प्रतियोगिताको उद्घाटन अवसरमा पलेशालाई सम्मान गरेको हो। सोही अवसरमा पलेशाका प्रशिक्षक कविराज नेगी लामा र तेक्वान्दो प्रशिक्षक श्याम थापालाई पनि सम्मान गरिएको थियो।
उनीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, जुगल नव गुरुकुल स्कुलका अध्यक्ष डोरप्रसाद आचार्य, जुगलका संस्थापक प्रिन्सिपल गिताबहादुर लामिछाने ,बुढानीलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष तथा खेलकुद विकास बोर्डका संयोजक सुमन तामाङ ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई र डोजाङ प्रमुख न्हवाङ लामाले सम्मान गरेका थिए।
सो प्रतियोगितामा काठमाण्डौ जिल्लाका विभिन्न डोजाङवाट ६०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए।