गजल : अनिता भण्डारी (पौडेल)

गजल : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन

काठमाण्डौ ,फागुन ३।

तिमीलाई मायाको सस्तो परिभाषा दिन चाहन्न म
तिम्रो मन भुलाउने झुटो आभिलाषा दिन चाहन्न म ।

नरित्याई आउ आफ्ना मनका गमहरू जति भएपनि
जे जति छ तिमिसँगै छ नँया आशा दिन चाहन्न म ।

सोच्नेछौ तिमीले नि दुनियाँ कति स्वार्थी भएछ भनी
बुझाउने छु तिमीलाई आऊ कठोर भाषा दिन चाहन्न म ।

सँसार जित्न सकिन्छ आफैले राम्रो व्यवहार गर्न सकेमा
राम्रै कुरा सिकाउछु ल सकुनीको पासा दिन चाहन्न म ।

डराउनु पर्छ हेर आफन्त देखि आफन्त नै आजकल
स्वार्थी समाजमै बस्छु म पनि तर निराशा दिन चाहन्न ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।