नेसनल प्याबसनको आठौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन

नेसनल प्याबसनको आठौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन

कपन अनलाइन

काठमाण्डौ , माघ २८।

निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन नेसनल प्याबसनको आठौं राष्ट्रिय महाधिवेशन आगामी फाल्गुन १५ र १६ गते सम्पन्न हुने भएको छ।

महाधिवेशनको तयारीलाई गति दिन विभिन्न समितिहरू गठन गरिएको छ। यसैक्रममा, महाधिवेशन सम्पर्क कार्यालयको उद्घाटन आज सम्पन्न भएको छ। केन्द्रीय समितिले सूर्य अधिकारीलाई सम्पर्क कार्यालय संयोजकको रूपमा मनोनयन गरेको छ भने राजेश्वर तिवारीलाई सम्पर्क कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन ह्यान्डबलमा रहेको सो कार्यालय माघ २९ गते  देखि महाधिवेशनको तयारी युद्धस्तरमा अघि बढाइने सम्पर्क कार्यालय संयोजक तिवारीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।