बुढानीलकण्ठ नगरपालिकामा बसपार्क निर्माण हुने, वडा नं २ ले सुचना निकाल्यो !
कपन अनलाइन
काठमाण्डौ , माघ २८।
बुढानीलकण्ठ नगरपालिकामा बसपार्क निर्माण हुने भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको सार्वजनिक जग्गामा नगर बसपार्क निर्माण हुन् लागेको हो।
बुढानीलकण्ठ नगरपालिका वडा नं. २ (साविक चपली भद्रकाली गा.वि.स. वडा नं. ८) सिट नं. १०२०९०८०९ कि.नं. १, ३, ४, ५ र ९३ नेपाल सरकारको नाउँमा रहेको जग्गामा नगर बसपार्क निर्माण गर्न लागेको वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन।
अध्यक्ष श्रेष्ठले सूचना प्रकासित गर्दै उक्त कित्तासँग जोडिएका जग्गाधनीहरुले यो सूचना प्रकाशित मितिले ७(सात) दिनभित्र बुढानीलकण्ठ नगरपालिका वडा नं. २ को कार्यालयमा सम्पर्कगर्नका लागि वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले अनुरोध गरेका छन।
सो समयावधि भित्र सम्पर्कमा नआएमा नगरपालिकाले नियमानुसार नगर बसपार्क निर्माणको कार्य अगाडि बढाउने व्यहोरा समेत उक्त सूचनामा उल्लेख गरिएको छ।
सुचना :