बुढानीलकण्ठ नगरपालिका–३ को अनलाइन जुवा अखडामा प्रहरीले छापा, २३ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ , माघ २८।
बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा प्रहरीले छापा मार्दा २३ जनालाई पक्राउ परेका छन ।
पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ८८ वटा मोबाइल र १० ल्यापटप बरामद गरिएको छ । बरामद मोबाइल र ल्यापटपमा फेला परेका तथ्य केलाउने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन ।
एसएसपी विश्व अधिकारीका अनुसार गोप्य सूचनाका आधारमा आइतबार राति स्थानीय दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिक २२ वर्षीय वकिल कुमार यादव समेतलाई पक्राउ गरिएको थियो । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गर्दै आएका थिए ।
प्रारम्भिक अनुसन्धानमा यो गिरोहले हालसम्म करिब ३ अर्बको कारोबार गरेको मोबाइल र ल्यापटपमा फेला परेको तथ्यले देखाएको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएको छ ।
