बुढानिलकण्ठ फुटबल एकेडेमीको आयोजनामा “प्रजातन्त्र कप 7 A साइड” फुटबल हुने

बुढानिलकण्ठ फुटबल एकेडेमीको आयोजनामा “प्रजातन्त्र कप 7 A साइड”  फुटबल हुने

कपन अनलाइन

काठमाण्डौ ,माघ २७।

बुढानिलकण्ठ फुटबल एकेडेमीको आयोजनामा “प्रजातन्त्र कप 7 A साइड” फुटबल हुने भएको छ। यहि फागुन महिनाको ५ ,६ र ७ गते कपन ह्यान्डबल मैदानमा हुने सो प्रतियोगितामा सहभागी हुन् चाहाने टिमले फागुन ३ गते सम्म दर्ता गर्न सकिने आयोजकले जानकारी दिएको छ।

बुढानिलकण्ठ फुटबल एकेडेमीको आयोजना , वडा नं १० र १२ तथा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ समन्वय कमिटिको सहकार्यमा हुने सो प्रतियोगितामा प्रथम हुनेले १ लाख र  दितीय हुनेले  हुने टिमले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन।

टिम दर्ता शुल्क ६ हजार रहेको उक्त प्रतोयोगितामा भाग लिन चाहानेहरुले ९८४१२२०७३९ वा ९८४१६६०१४६ मा सम्पर्क गर्न सक्नेछन ।

 

तपाइँको प्रतिक्रिया ।