अमर कथा : पुनम घिमिरे (कविता )

अमर कथा : पुनम घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ २६।

एक जोडी आँखा
यति शक्तिशाली छन्
आउछन् बेला बेला
शान्त मनलाई तरङ्गित बनाउछन्
मथिङ्गर हल्लाउछन्
अनि स्थिर भई बसिदिन्छन्
अचम्म
तरङ्गसँगै कसरी स्थिर हुन सक्छन् ? !

बिद्रोह गर्छन्
मायाको वकालत गर्छन्
रातो होइन
सेतो फूल
उपहार स्वरुप लिई आउछन्
मायामा उग्रता होइन
सितल्ता चाहिन्छ
व्यग्रता सँगै धैर्यता चाहिन्छ
ती आँखा यहि भन्छन् !

धार छ हेराइमा
रेट्छन्
काट्छन्
रेटाईको पीडा गज्जवको छ
मुटु रेट्छन्
आत्मा बिभोर भई
आहाल्लादित हुन्छ
माया आँसु बनी छछल्किन्छन्
किन ? !

सम्झना सँगै यादका हुरि चल्छन्
मनमा भिषण कम्पन हुन्छ
बेदनामय रहस्य भित्र
मायाका मर्म उजागर हुन्छन्
भाव तन्त्रमा आँखा प्रतिबिम्बित हुदा
असिमश्रद्धाले
चार आँखा दुई बनी
मधुमासको अमर कथा लेख्छन् !!

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।